काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोली र घरेलु राष्ट्रबीचको पहिलो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको छ।
बार्बाडोसको ब्रिजटाउनस्थित केन्सिङटन ओभलमा भएको खेलमा पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। वर्षाले निकै प्रभावित खेलमा घरेलु टोलीले ९ ओभरमा ८५ रन बनाउँदा ५ विकेट गुमाएको थियो।
वेस्ट इन्डिजका कप्तान केइरन पोलार्डले ९ बलमा अविजित २२ रन जोड्न सफल भएका थिए भने अन्य ब्याट्सम्यान सस्तोमै समेटिएका थिए। पाकिस्तानका लागि हसन अलीले २ विकेट लिंदा डेब्यू बलर मोहम्मद वसिमले विस्फोटक ब्याट्सम्यान क्रिस गेललाई पविलियन फर्काएका थिए।
खेलमा वर्षाले निकै बाधा पुर्याएपछि त्यस पश्चात् खेल कुनै पनि नतिजा बिना रद्द गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया