राजकुमारी बन्दैछिन् ‘बागी २’ की दिशा पटानी

मुम्बई – फिल्म ‘बागी २’ पछि अब बलिउड अभिनेत्री दिशा पटानी अर्को प्रोजेक्टका लागि तयार छिन् । उक्त प्रोजेक्टमा उनले राजकुमारी संघमित्राको भूमिका निभाउँदै छिन् ।यो फिल्मको घोषणा कान्स फिल्म फेस्टिभलमा अर्की अभिनेत्री श्रुति हसनले भनेकी थिइन् । फिल्ममा पहिले श्रुति हुने कुरा थियो । तर पछि यस प्रोजेक्ट दिशाको हातमा प–यो ।यसका साथसाथै उनी अर्को महत्वाकांक्षी प्रोजेक्टमा पनि काम गर्ने हल्ला थियो । अब जुलाईबाट फिल्मको शूटिङ हुनेछ ।भारतीय समाचारका अनुसार यो फिल्मको कहानी बाहुबलीको जस्तो हुनसक्छ । फिल्मलाई दुई भागमा रिलिज गरिनेछ । फिल्मको पहिलो भाग अर्को साल रिलिज हुनेछ ।आठौं शताब्दीको कथामा निर्माण हुने फिल्ममा दिशाले तरवार चलाउन सिक्नेछिन् । फिल्ममा केही तमिल कलाकारले पनि अभिनय गर्नेछन् । साथै फिल्म तमिल। तेलुगू र हिन्दी भाषामा रिलिज हुनेछ । फिल्मको बजेट ४०० करोडको हाराहारीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?