रकम दुरुपयोग आरोपमा लेखा अधिकृत पक्राउ

काठमाडौँ, १९ चैत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकी अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?