काठमाडौँ, १९ चैत – पूर्वबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज काठमाडौँ उपत्यकासहित पूर्वी पहाडी भेगमा बद्लीभई वर्षा भइरहेको छ ।उक्त वायुको प्रभावले मेघगर्जनसहित वर्षा भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । दिउँसोदेखि विकसित भएको मौसमी प्रणाली देशका पूर्वी भेग हुँदै मध्यसम्म फैलिएको र आज रातिबाट मौसममा सुधार आउने उनको भनाइ छ ।अहिले पनि उपत्यकाका धेरै स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँमा शुन्य दशमलव पाँच, ओखलढुंगामा शुन्य दशमलव नौ, ताप्लेजुङमा शुन्य दशमलव पाँच र जनकपुरमा दुई दशमलव चार मिलिमिटर वर्षा भएको छ ।आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया