काठमाडौं, २० चैत – हास्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई आज पत्नीशोक परेको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित यशोदाको उपचारका क्रममा निधन भएको थियो ।यशोदाको काठमाडौंको आर्यघाटमा आजै दाहसंस्कार गरियो । यशोदाको अन्तेष्टिमा मदनकृष्ण निरन्तर रोइरहेका थिए । उनलाई हरिवंश आचार्य लगायत अन्य कलाकारले सम्हाल्ने प्रयास गरेका थिए ।यशोदालाई उनका छोरा यमन श्रेष्ठले दागबत्ति दिएका थिए । साथै आर्यघाट परिसरमा थुप्रै कलाकार र सर्वसाधारणको उपस्थिति थियो ।क्यान्सरको उपचार गराइरहेकी यशोदाको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया