काठमाडौं। सरकारले डा. जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा. गौतमलाई हटाएको हो । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलका अनुसार डा. गौतमलाई थापाथलीस्थित प्रसूती गृहमा सरुवा गरिएको छ ।
डा. गौतमको स्थानमा डाक्टर रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । ट्रमा सेन्टरका अर्थोपेडिक डाक्टर मरासिनीलाई नियुक्त गरिएको हो।
प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको दिनदेखी नै डा. गौतम उपकरण खरिदमा सेटिङ गरेको, कर्मचारीलाई अख्तियारमा सेटिङ छ भन्दै धम्क्याउने गरेको लगायतका विषयमा विवादमा आएका थिए।
डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया