काठमाडौं, २१ चैत । स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा श्रीकृष्ण प्रणामी सेवा समिति, गोठाटार नवतन धामले अन्तर्राष्ट्रिय धार्मिम पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।२०७५ वैशाख ७ गते सुरु हुने महोत्सव एक सातासम्म सञ्चालन हुनेछ ।धार्मिक पर्यटन महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढिरहेको जानकारी सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मदन शर्माले जानकारी अनुसार धार्मिक महोत्सवमा भारतस्थित पश्चिम बंगालका मुख्यमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ ।होत्सवमा भारत, श्रीलंका, बर्मा, भुटान, बेलायत, अमेरिका र इण्डोनेशियालगायतबाट भक्तजनहरु सहभागी हुने विश्वास लिएको संस्थाले जनाएको छ । महोत्सवमा आध्यात्किगोष्ठि, सास्किृतिक कार्यक्रम, प्रवचन, भक्ति संगित सम्मेलन, सास्किृतिक झाँकीहरु प्रदर्शन तथा नृत्य जस्ता रोचक कार्यक्रम प्रस्तुतहुने महोत्सवका प्रचार प्रसार संयोजक भोला दाहालले बताए ।साथै महोत्सवमा रक्तदान, निशुल्क स्वाथ्य परिक्षण, योग शिविर, समाजमा विशिष्ठ सेवापु¥याउने व्यक्तिहरुका सम्मान कार्यक्रम आयोजना गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया