जर्मनीले क्याटलोनियाली पूर्व नेता पुज्डमोन्टलाई सुपुर्दगी गर्ने

बर्लिन, २० चैत । जर्मनीका कानून अधिकारीहरूले आफूहरूले जर्मनीमा पक्राउ परेका स्पेनको क्याटलोनिया सरकारका पूर्व प्रमुख कार्लेस पुज्डमोन्टलाई कानूनी प्रक्रिया पुर्‍याएर सुपुर्दगी गर्न लागिएको बताएका छन् ।जर्मनीको उत्तरी राज्य स्क्लेसविग–होलस्टेनका महान्यायाधिवक्ताले पुज्डमोन्टलाई सुपुर्दगीका लागि उच्च क्षेत्रीय अदालतमा निवेदन दर्ताको प्रक्रिया अघि बढाइएको बताएको जर्मनीको दुएश्चे प्रेस एजेज्टर (डिपीए) ले जनाएको छ ।महान्यायाधिवक्ताले भने, ‘कानूनाधिकारीहरूले पुज्डमोनको पक्राउ पूर्जीबारे नजिकबाट अध्ययन गर्नेछन् । यदि पुज्डमोन्टमाथि लागेको राज्यविद्रोहको आरोप जर्मनीको फौजदारी कानूनको समान भएको वा नभएको’ भन्ने बिषयमा अध्ययन भइरहेको र सुपुर्दगी गर्नु जर्मनीको कानून अनुसार ठहर भएमा सुपुर्दगी गरिने छ ।’पुज्डमोनलाई डेनमार्कबाट जर्मनी फर्किने क्रममा जर्मनीको राजमार्ग गस्ती गर्ने प्रहरी टोलीले गत मार्च २५ गते पक्राउ गरिएको थियो ।उनले आफूमाथि स्पेन सरकारले लगाएको ‘राज्य विद्रोह’ तथा ‘राष्ट्रघात’ गरेको आरोप विरुद्ध स्पेनी अदालतमासमेत पुनरावलोकन मुद्दा दायर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?