टुरिष्ट बसमा अवैध रक्त चन्दन बरामद, २ पक्राउ

काठमाडौं, २१ चैत । काठमाडौं दिल्ली चल्ने टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट अवैध रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ ।काठमाडौं प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको अवैध समानसहितको टुरिष्ट बसमा ११ केजी रक्तचन्दन भेटिएसँगै रक्तचन्दन तस्करी हुने गरेको सार्वजनिक भएको हो ।‘गोप्य सूचनाको आधारमा मातहतका वृत्तहरुलाई खबर गराए पश्चात महानगरीय प्रहरी वृत्त, कालिमाटीले कंलकी चोकबाट बिहान ३ बजे गाडीलाई नियन्त्रणमा लिएको थियो’, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले भने, ‘गाडीको हुटको तलमाथि, दायाँबायाँ फल्स बटम बनाएर कुर्था, सुरुवालहरुको ३ सय ३९ पोका लुकाएर राखेको समेत भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?