काठमाडौं, २१ चैत । साझा यातायातले रत्नपार्कदेखि बनेपासम्म बस सञ्चालनमा ल्याउको छ ।अरनिको राजमार्गका ११ वटा समितिले सेवा अवरुद्ध गरेका बेला साझाले भने विस्तार गरेको छ । साझाले काभ्रेका यात्रुहरुलाई ध्यानमा राखेर रत्नपार्कबाट बनेपासम्म सेवा विस्तार गरिएको जनाएको छ ।आफ्नो एकाताधिकार तोडिएपछि ११ वटा समितिले बुधबार बस चलाएका छैनन् ।काठमाडौंबाट बनेपासम्म मयुर यातायातले रुट अनुमति पत्र पाएपछि समितिहरु आन्दोलित भएका हुन् ।यसअघि पनि साझाले यातायातले भक्तपुरसम्म रुट सञ्चालन गर्दा व्यवसायीले विरोध गरेका थिए । व्यवसायीकै विरोधका कारण बनेपासम्म जाने साझाको इच्छा पुरा भएको थिएन ।तर, अहिले व्यवसायी सेवा अवरुद्ध गरेर मयुर यातायातविरुद्ध उत्रिएपछि यातायात व्यवस्था विभागले जुनसुकै बसलाई धलिखेलसम्म रुट इजाजत दिने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया