प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

धनुषा, २१ चैत । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताएका छन् ।सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्य्दिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड दिने नीति प्रदेश सरकारले लिइनेछ ।”मुख्यमन्त्री राउतले प्राविधिक शिक्षा प्राप्त गर्ने नागरिक आफैंमा दक्ष हुने र त्यसले प्रदेश तथा मुलुकलाई नै फाइदा पु¥याउने भएकाले प्रदेश सरकारले आफनो नीति तथा कार्यक्रममा यसलाई प्राथमिकतामा राखेको चर्चा गर्दै यस प्रदेशका कलेज राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा ख्याती प्राप्त गरेको विगतका इतिहासलाई अहिले पनि निरन्तरता दिइनुपर्नेमा जोड दिए ।प्रदेश नं २ मा मात्र दुई लाख भन्दा बढी बालबालिका विद्यालय भन्दा बाहिर रहेको उदेक लाग्दो तथ्यांक छ भन्दै उहाँले सबै बालबालिकालाई विद्यालयमा पु¥याउन प्रदेश सरकारले आफ्नो सय दिने कार्यक्रममा ‘बेटी पढाउ बेटी बचाउ,’ दलित बालबालिकाका लागि विशेष शिक्षा योजना सहितको कार्यक्रम ल्याएकाले त्यसको सफल कार्यान्वयनमा लाग्न सम्बन्धित अधिकारीलाई निर्देशन पनि दिएका हुन् ।सामाजिक विकासमन्त्री नवलकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेशका मुख्य सचिव राजेश्वरमान सिंह, क्षेत्रीय शिक्षा निर्देशक दिनेश श्रेष्ठ, शिक्षा विभागका निर्देशक केशव दाहाल र सामाजिक विकास मन्त्रालयका सचिव डा किरण रुपाखेतीलगायत वक्ताले शिक्षाको महत्व, अवसर र चुनौतीको विविध पक्षमाथि प्रकाश पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?