काठमाडौं, २१ चैत । बुधबार सेयर बजारमा सामान्य सुधार आएको छ । बजार खुलेको एक घण्टाको अवधिमा नेप्से ६ अंकले बढेर १२०५.५९ अंकमा पुगेको छ ।यसबीचमा ९० कम्पनीले ३ करोड ८६ लाख बराबरको सेयर किनबेच गरेको छ ।सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एनसीसी बैंकको संस्थापक, नबिल बैंकको संस्थापक र ग्लोबल आइएमई बैंक उच्च कारोबार हुने पाँच कम्पनीमा देखिएका छन् ।त्यस्तै ज्योति विकास बैंकको सेयरमूल्य सबैभन्दा बढी ४.९३ प्रतिशतले बढेको छ । स्वोरोजगार लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स र सोल्टी होटल लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया