धुर्मुसले भने, ‘क्रिकेटको यत्रो क्रेज होला भनेर मैले कल्पना गरेको थिइनँ’

काठमाडौं, २१ चैत – केही हप्ताअघि मात्रै हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र सुन्तलीले अन्तराष्ट्रिय क्रिकेट स्टेडियम गर्ने घोषणा गरेका थिए ।त्यस लगत्तै मिडियामा एक प्रकारको समाचार निरन्तर आइरह्यो । धुर्मुसको टोली पनि यतिबेला विभिन्न जिल्लामा क्रिकेटका लागि सम्भावित स्थान हेरेर काठमाडौं फर्केको छ ।अन्तराष्टिय स्तरको मापदण्ड अनुसार तयार गर्न लागिएको मापदण्डलाई लिएर स्टेडियम निर्माण गरिने धुर्मुसले बताएका छन् । क्रिकेट स्टेडियमका लागि धुर्मुसको टोलीले रुपन्देही, हेटौंडा, चितवन लगायतका स्थानको अवलोकन गरेको छ ।उनको यो अभियानलाई धेरैले साथ दिने भनिरहेका छन् भने नेपाली जनता पनि उनको यो कार्यप्रति उत्साहित देखिएका छन् ।काठमाडौंको मूलपानी, कीर्तिपुर, चोभार लगायतका स्थानमा पनि जग्गा हेरिएको छ । तर कहाँ उपयुक्त हुन्छ भनेर निर्णय गरिएको छैन ।धुर्मुसको टोली भैरहवामा रहेको सिद्धार्थ रंगशालाको अवलोकन ग–यो । त्यहाँका मेयरले उक्त जग्गामा स्टेडियम बनाउन प्रस्ताव गरेका थिए । उनले चितवन, हेटौंडा लगायतका स्थानमा जग्गा हेर्न जाँदा पनि सर्वसाधारण र मेयरको साथ पाएका छन् ।जग्गा हेरिएकोमा काठमाडौंको मूलपानी र चितवनमध्ये एक ठाउँमा स्टेडियम निर्माण गर्न सकिने सम्भावना देखिएको छ ।भरतपुरकी मेयर रेणु दाहालले पनि जग्गा उपलब्ध गराउने बताएकी थिइन् । स्टेडियम निर्माण गर्ने घोषणापछि धुर्मुसले पाएको साथले उनी खुशी देखिएका छन् । ‘क्रिकेटको यत्रो क्रेज होला भनेर मैले कल्पना गरेको थिइनँ, जनताको हौसला र उत्सुकता देखेर खुशी छु ।’ धुर्मुुसले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?