काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले विकल्पसहित सरकारले परीक्षा स्थगित गर्नुपर्ने बताएका छन् ।
उनले भने,‘ सरकारले परीक्षा स्थगित मात्रै होइन, विकल्पसहित निर्णय गर्नुपर्छ । जसको लागि मैले प्रधानमन्त्री ज्युलाई आग्रह गरेको छु।’
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय हुने विश्वास मिलेको बताए ।
थापाले लेखेका छन्, ‘हिजो प्रधानमन्त्रीसँगको भेटमा अन्य कुरासँगै स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन, विद्यार्थीलाई अलमलमा नपार्ने गरी विकल्पसहित निर्णय गर्न आग्रह गरेका छौं । प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्ने गरी निर्णय गर्ने विश्वास दिलाउनुभएको छ ।’
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।
हिजो @PM_nepal_ संगको भेटमा अन्य कुरासँगै @mohpnep ले परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा स्थगित मात्र होइन बिद्यार्थीलाई अलमलमा नपार्नेगरी विकल्प सहित निर्णय गर्न आग्रह गरेका छौं।प्रमज्यूले विद्यार्थीको भविष्य र स्वास्थ्यलाई असर नपर्नेगरी निर्णय गर्ने विश्वास दिलाउनु भएको छ।
— Gagan Thapa (@thapagk) August 7, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया