काठमाडौं, २२ चैत । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग फुटबलमा लिभरपुल र बार्सिलोना विजयी भएका छन् ।बुधबारराति आफ्नै मैदान एनफिल्ड भएको खेलमा लिभरपुलले प्रिमियर लिगको उपाधी नजिक पुगेको म्यान्चेस्टर सिटीलाई ३–० ले पराजित ग¥यो ।खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह, अक्सलेड चेम्बरलिन र सादियो मानेले एक–एक गोल गरे ।क्वाटरफाईनल पहिलो लेगमा हात पारेको यो जितसँगै लिभरपुलले सेमिफाइनल प्रवेशको सम्भावना बलियो पार्दा पराजित टोली म्यान्चेस्टर सिटी भने दोस्रो लेगको खेलपूर्व दवावमा आएको छ ।च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा बार्सिलोनाले एएस रोमालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र लुईस सुवारेजले एक–एक गोल गरे ।ईटालियन क्लब रोमाका ड्यानिएल डे रोसी र कोस्टान्टीनोस मानोलासले एक–एक वटा आत्माघाती गोल गरेपछि खेलमा बार्सिलोनाले २–० को अग्रता लिएको थियो । रोमाका लागि भने एडिन जेकोले सान्त्वना गोल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया