अभिनेता सलमान खान दोषी ठहरः सैफ अली खानसहित चार निर्दोष

नयाँ दिल्ली, २२ चैत । कालो हरिण सिकारकाण्डमा बलिउड स्टार सलमान खान दोषी ठहर भएका छन् ।वन्यजन्तु सुरक्षा ऐन अनुसार सलमानलाई कालो हरिण सिकारकाण्डमा दोषी ठहर गरिएको हो । अदालतले यो घटनामा बाँकी सबैलाई निर्दोष भएको फैसिला समेत गरेको छ ।यो घटना फिल्म ‘हम साथ साथ है’ को सुटिङका क्रममा भएको हो । कालो हरिण सिकार काण्डमा सलमान खानसँगै अर्का नायक सैफ अली खान, तब्बु, नीलम, सोनाली बेन्द्र र दुष्यन्त कुमार आरोपी थिए ।सलमान खान पछिल्ला दिनमा बलिउडका केही प्रोजेक्टमा व्यस्त भएका बेला मुख्य न्यायिक मजिस्ट्रेट कुमार खत्रीले यो फैसला गरेका हुन् । घटनाबारेमा सुनुवाई पूरा भएपनि जोधपुर ग्रामीण जिल्ला मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले फैसला गरेका थिए ।सलमान खान बाहेक अन्य चार आरोपीलाई सन्देहको लाभ दिँदै निर्दोष भएको फैसला गरिएको छ । अझै पनि सलमान खानमाथि हुने सजायबारे अदालतमा बहस जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?