अन्तिम टी-ट्वान्टीमा अस्ट्रेलियाको लज्जास्पद हार, शाकिवले रचे कीर्तिमान

काठमाडौं। बंगलादेश भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले पाँचौं तथा अन्तिम टी-ट्वान्टी खेलमा लज्जास्पद हार बेहोरेको छ।

सोमवार ढाकाको शेरे बांग्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेलिएको अन्तिम टी-ट्वान्टी खेलमा अस्ट्रेलिया मात्र ६२ रनमा अलआउट हुँदा खेलमा ६० रनले हार बेहोरेको थियो। टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाउन सफल भएको थियो।

Nasum Ahmed's early strikes jolted Australia, Bangladesh vs Australia, 5th T20I, Dhaka, August 9, 2021

बंगलादेशले औसत योगफल तयार गर्ने क्रममा ओपनर मोहम्मद नैमले सर्वाधिक २३ रन बनाएका थिए। त्यस्तै कप्तान महमदुल्लाहले १९ रनको पारी खेल्दा सौम्य सरकारले १६ रन बनाउन सफल भएका थिए। अस्ट्रेलियाका लागि नेथन एलिस र ड्यान क्रिस्टियनले समान २-२ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा १२३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियन टोलीले लज्जास्पद ब्याटिङको नमुना पस्कियो। अस्ट्रेलियाले १३.४ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६२ रन बनाउन सफल भयो। कुनै पनि अन्तराष्ट्रिय खेल इतिहासमा अस्ट्रेलियाको यो सबैभन्दा कम रनको योगफल तथा कम खेलिएको ओभर हुन पुग्यो। पाहुना टोलीका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक २२ तथा बेन मेकडेरमोटले १७ रन बनाउँदा अन्य ब्याट्सम्यानले दुई अंकको योगदान दिन सकेनन्।

Shakib Al Hasan leads the team's celebrations, Bangladesh vs Australia, 5th T20I, Dhaka, August 9, 2021

अस्ट्रेलियालाई लज्जास्पद योगफलमा समेट्ने क्रममा बंगलादेशका अलराउन्डर शाकिव अल हसनले सर्वाधिक ४ विकेट लिन सफल भए। यस सिरिजमा उत्कृष्ट प्रदर्शनी देखाएर ‘म्यान अफ दि सिरिज’ तथा ‘म्यान अफ दि म्याच’ समेत घोषित भएका शाकिवले विश्व कीर्तिमान रच्न सफल भए। अन्तराष्ट्रिय क्रिकेटमा उत्कृष्ट मध्येका एक अलराउन्डर शाकिव, अन्तराष्ट्रिय टी-ट्वान्टीमा १ हजार रन बनाउने तथा १ सय विकेट लिने पहिलो क्रिकेटर हुन पुगे। उनको अस्ट्रेलियाविरुद्धको ४ विकेटले यो कीर्तिमान रच्न सफल भएका हुन्।

यस जितसँगै बंगलादेशले अस्ट्रेलियाविरुद्ध पाँच टी-ट्वान्टी खेलको सिरिजमा ४-१ को जित दर्ता गरेको छ। अन्तराष्ट्रिय टी-ट्वान्टीमा बंगलादेशले अस्ट्रेलियालाई पराजित गरेको यो पहिलो पटक हो।

The Bangladesh players celebrate their series win, Bangladesh vs Australia, 5th T20I, Dhaka, August 9, 2021

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?