धनगढी, २२ चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा विराटनगर किंग्सले दोस्रो जित निकालेको छ ।पवन सरार्फको अलराउण्ड प्रदर्शनको मदतमा विराटनगर किङ्गसले घरेलु टिम चौराह धनगढीलाई १८ रनले हराएको हो । विराटनगरले दिएको १ सय २८ रनको सामान्य लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो ।खराब सुरुवात गरेको चौराहाले ५२ रन बनाउदा ३ विकेट गुमाइसकेको थियो । सम्हारेर खेल्न नसक्दा चौराहाको विकेट झर्ने क्रम रोकिएन । चौराहाका लागि शंकर रानाले २५ रन बनाउदा अस्फाक अहमदले २२ तथा राजु रिजालले १८ रन जोडे ।सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाएपनि हार टार्न सकेनन् । बलिङ तर्फ विराटनगरका पवन सर्राफले ४ तथा कप्तान पारस खड्का र वसन्त रेग्मीले समान दुई÷दुई विकेट लिए ।संघीय इकाई प्रहरीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।विराटनगरको पनि सुरुवात खराब थियो । टिमको स्कोर मात्र १० रन हुँदा ओपनर दिलिप नाथ व्यक्तिगत ४ रनमा आउट भए । अनिलकुमार साहले बाबर हातायसँग मिलेर दोस्रो विकेटका लागि ३१ रनको साझेदारी गरे । अनिल २४ रनमा आउट भएलगत्तै बावर हायात पनि १५ रनमा पेभेलियन फर्किएपछि विराटनगरले ४५ रनमा तेस्रो विकेट गुमायो ।कप्तान पारस खड्का मात्र दुई रनमा आउट भए । पवन सर्राफले आक्रामक पारी खेल्दै विराटनगरलाई सम्मानजनक स्कोरतर्फ डोर्होयाए । उनले सुभम कामतसँग छैटौं विकेटका लागि २६ रनको साझेदारी गरे भने मञ्जित श्रेष्ठसँग २७ रनको साझेदारी गरे । ३४ बलको सामना गरेका सरार्फले ४१ रन बनाए ।चौराहाका सुनिल धमलाले चार विकेट लिए भने रोहन मुस्तफा र कप्तान सोमपाल कामीले समान दुई÷दुई विकेट हात पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया