सलमान खानलाई ५ वर्षको जेल सजाय

मुम्बई, २२ चैत । भारतीय अभिनेता सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाइएको छ ।बीस वर्ष पुरानो अगाडि कालो हरिणको शिकार गरेको मुद्दामा उनलाई जोधपुर अदालतले बिहिबार सो सजाय सुनाएको हो ।अदालतले सजाय सुनाए लगत्तै सलमानलाई तत्कालै हिरासतमा लिइएको छ ।उनलाई सेन्ट्रल जेलमा लगिने छ । उनले ३ वर्षसम्मको सजाय पाएको भए धरौटीमा छुट्न सक्ने थिए । तर, सोभन्दा बढिको सजाय भएपछि उनले जेल बस्नुपर्ने भएको छ । यद्यपि उनले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन् ।१ अक्टोबर १९९८ को राती सलमान खानले कांकाण्ीमा संरक्षित प्राणी मानिने दुई कालो हरिणको शिकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?