धनगढी प्रिमियर लिगः महेन्द्रनगर र विराटनगर विजयी

धनगढी, २२ चैत- रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स विजयी भएका छन् ।महेन्द्रनगरले रुपन्देही च्यालेन्जर्सलाई चार विकेटले तथा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो ।संघीय प्रहरी इकाइ कार्यालय धनगढीको मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४४ रन बनायो । १४५ रनको विजय लक्ष्य पाएको महेन्द्रनगरले १८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ६१ रन बनाए । उनले ४८ बलमा दुई छक्का र पाँच चौका प्रहार गरे । यस्तै पुनित विष्टले २२ बलमा चार छक्का र तीन चौका हान्दै ४५ रन बनाए । पुनित मेहराले अविजित १६ रन बनाए । बलिङतर्फ रुपन्देहीका लागि दिपेश श्रेष्ठले तीन तथा सुसन भारीले दुई र सागर पुनले एक विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गर्दै रुपन्देहीका लागि प्रदीप ऐरीले ३२ बलमा एक छक्का र पाँच चौकासहित ३९ रन बनाए । सागर पुनले २८, दीपक प्रसादले १७ र कुशल मल्लले १५ रन बनाए ।बलिङतर्फ महेन्द्रनगरका लागि पुनित विष्टले चार ओभरमा १२ रन खर्चेर चार विकेट लिए । भुवन कार्की, पुनित मेहरा, करण केसी र अविनाश कर्णले एक÷एक विकेट लिए । खेलको ‘प्लेयर अफ द म्याच’ महेन्द्रनगरका पुनित विष्ट भए ।यसअघि आजै भएको अर्को खेलमा विराटनगर किंग्सले टिम चौराह धनगढीलाई १८ रनले पराजित ग¥यो । टस जितेर धनगढीले फिल्डिङ राजेपछि विराटनगरले ब्याटिङ गर्दै १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनायो ।१२८ रनको लक्ष्य पछ्याएको टिम चौराहाले २० ओभरमा नौ विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि पवन शराफले ४१ रन बनाए । उनले ३४ बलमा दुई छक्का र एक चौका हाने । अनिलकुमार साहले २४, शुभम कामतले १८ र बाबर हयातले १५ रन बनाए ।बलिङतर्फ टिम चौराह धनगढीका सुनिल धमलाले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राखेर १० रन खर्चे । कप्तान सोमपाल कामी र रोहन मुस्तफाले दुई÷दुई विकेट लिए । ललितसिंह भण्डारी र सम्साद शेखले एक÷एक विकेट लिए ।व्याटिङतर्फ धनगढीका लागि शंकर रानाले २५, अस्फाक अहमदले २२, राजु रिजालले १८, सुनिल धमलाले १२ र रोहन मुस्तफाले ११ रन बनाए । बलिङतर्फ विराटनगरका पवन शर्राफले चार, वसन्त रेग्मी र पारस खड्काले दुई÷दुई तथा शुभम कामतले एक विकेटले लिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?