साहस ऊर्जाको आईपीओ आजदेखि खुला, कसले भर्न पाउँछन् सेयर ?

लोकपथ
1.6k
Shares

काठमाडौं । साहस ऊर्जा कम्पनी लिमिटेडले आज शुक्रबारदेखि आयोजना प्रभावित बासिन्दाका लागि आईपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

आईपीओमा त्यस क्षत्रमा रहेका बैंक शाखा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सिआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यस आईपीओमा छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?