इंग्लिश प्रिमियर लिगको पहिलो खेलमा ब्रेन्टफोर्डको शानदार प्रदर्शन, आर्सनल पराजित

लोकपथ संवाददाता
77
Shares
Soccer Football – Premier League – Brentford v Arsenal – Brentford Community Stadium, London, Britain – August 13, 2021 Brentford’s Christian Norgaard celebrates scoring their second goal Action Images via Reuters/Peter Cziborra

काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजनको शुरुवाती खेलमा ब्रेन्टफोर्डले आर्सनललाई २-० गोलले पराजित गरेको छ।

पहिलो पटक इङ्ल्यान्डको शीर्ष श्रेणीको फुटबल लिगमा स्थान कमाएको ब्रेन्टफोर्डको घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा नै अग्रता लिन सफल भएको थियो। खेलको २२औं मिनेटमा ब्रेन्टफोर्डका विंगर सर्जी क्यानोसले क्लब इतिहासकै पहिलो प्रिमियर लिग गोल गर्न सफल भएका थिए।

Newcomers Brentford beat Arsenal to make flying Premier League start - RFI

बलियो मानिएको टोली आर्सनलले अधिकतम समय बल पोसेसनमा हैकम जमाएको थियो। ६५ प्रतिशत बल आफ्नो कब्जामा राखेर कुल २२ शट प्रहार गरेको आर्सनलले खेलमा गोल भने गर्न सकेन। अझै खेलको ७३औं मिनेटमा घरेलु टोलीले दोस्रो गोल गर्न सफल भयो।

ब्रेन्टफोर्डका मिडफिल्डर क्रिस्टियन नोरगार्डले थ्रो इनमा आएको बललाई हेडर गोल गर्दै घरेलु टोलीका लागि निकै नै अप्रत्याशित गोल मार्फत दुई गोलको अग्रता दिलाउन सफल भएका थिए। रणनीतिमा आर्सनलभन्दा अब्बल देखिएको ब्रेन्टफोर्डले पाहुना टोलीलाई खेलमा फर्किने कुनै पनि मौका दिएन र बलियो टोली आर्सनल माथि शानदार जित प्राप्त गर्दै आफ्नो पहिलो प्रिमियर लिगको शुरुवात जितबाट गर्न सफल भयो।

Premier League: Brentford beat Arsenal 2 - 0: Match highlights

उता आर्सनललाई भने पहिलो खेल पश्चात् नै दबाबको स्थिति उत्पन्न भएको छ। आफ्नो कप्तान औबामेयाङ तथा प्रमुख स्ट्राइकर लाकाजेट बिना नै मैदानमा उत्रेको आर्सनलले अबको दुई खेल च्याम्पियन्स लिग विजेता चेल्सी तथा प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीसँग खेल्नेछ।

त्यस्तै इंग्लिश प्रिमियर लिगमा आज (शनिवार) सात खेलको तालिका रहेको छ। त्यसमा ठूला टोली म्यान्चेस्टर युनाइटेड, चेल्सी, लेस्टर सिटी र लिभरपुलको खेल पनि सम्मिलित छन्।

म्यान्चेस्टर युनाइटेडविरुद्ध लिड्स युनाइटेड
नेपाली समय: साँझ ५:१५
स्थान: ओल्ड ट्राफोर्ड, म्यान्चेस्टर

चेल्सीविरुद्ध क्रिस्टल प्यालेस
नेपाली समय: साँझ ७:४५
स्थान: स्टामफोर्ड ब्रिज, चेल्सी

लेस्टर सिटीविरुद्ध वोल्भ्स
नेपाली समय: साँझ ७:४५
स्थान: किंग पावर स्टेडियम, लेस्टर

नर्विच सिटीविरुद्ध लिभरपुल
नेपाली समय: राति १०:१५
स्थान: क्यारो रोड, नर्विच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?