एजेन्सी । पाकिस्तानी विदेश मन्त्री ख्वाजा मोहम्मद आसिफले सलमान खान मुसलमान भएको कारण ५ वर्षको सजाय सुनाइएको बताएका छन् ।पाकिस्तान समाचार च्यानल जिओ न्यूजले दिएको अन्तरर्वातामा पाकिस्तानी विदेश मन्त्री आसिफले भने, ‘सलमान खान अल्पसंख्यक समुदाय भएका कारण उनलाई सजाय सुनाइएको हो ।’ उनले भने, ‘यदि उनीको धर्म भारतको सत्तारुढ पार्टी वाला भएको भए सायद सजाय हुँदैन थियो । उसँग उदार सम्बन्धन अपनाइन्यो ।’सलमान सानले सन् १९९८ मा कालो हरिणको शिकार गरेको २० वर्षपछि सजाय सुनाइएको छ ।त्यस्तै अभिनेत्री एवं राज्यसभा सांसद जया बच्चनले अदालतले गरेको यो फैसला नराम्रो लागेको बताइन् । उनले भने, ‘ म यति भन्न सक्छु कि मलाई नराम्रो लागेको छ , किन कि फिल्म क्षेत्र यति धेरै इन्वेस्ट गरेको छ यो इन्वेस्ट नोक्सान भयो । २० वर्ष पछि अदालतलाई लाग्यो उनी दोषि छन् भन्ने । तर, कानुन हो यसमा हामी के भन्न सक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया