मलेसियाली प्रधानमन्त्रीले शनिबार संसद विघटन गर्ने

क्वालालम्पुर, २३ चैत । मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको प्रतिनिधि सभा (संसदको तल्लो सदन) बिघटन गर्ने बताएका छन् ।उनले अर्काे संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लागेका हुन् । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।उनले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका छन् ।मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्काे कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बनाउनु पर्ने बताएका छन् ।शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद बिघटन गर्ने जानकारी दिएका हुन् ।उनले आफूले शनिबार संसद बिघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको जानकारी सो सम्बोधनका क्रममा दिएका छन् ।निर्वाचनको मिति भने तोकिएको छैन । तर संसद बिघटन भएपछि मलेसियाको निर्वाचन अयोगले तोक्ने व्यवस्था छ ।आजै मिति नतोकिएको भए पनि संसदको विघटन भएपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान संविधानमा रहेकोले सो निर्वाचन सुनिश्चित नै छ ।मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा चयन गर्नेछन् ।मलेसिया स्वतन्त्र भएपछिका प्राय सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसन्ले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ ।उक्त दलले अर्काे एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ ।उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै हुन । अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन् ।तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ । यसले गर्दा उनको दललाई धक्का लाग्ने सम्भावना पनि ती विश्लेषकहरुले देखेका छन् ।उनले पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओ दल छोडेर विपक्षी दलमा गएका थिए ।महाथिरका कारण प्रधानमन्त्री रजाक पनि विवादमा आएका थिए । उ मलेसियाका एकजना लोकप्रिय ९२ वर्षीय राजनीतिज्ञ हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?