साविक विजेता म्यान्चेस्टर सिटी पहिलो खेलमै पराजित

काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजनअन्तर्गत आइतवारको खेलमा टोटनह्याम हटस्परले साविक विजेता म्यान्चेस्टर सिटीलाई १-० गोलले पराजित गरेको छ।

टोटनह्यामको घरेलु मैदान, टोटनह्याम हटस्पर मैदानमा भएको खेलमा सिटीले सिजनको सुरुवाती खेलमा पराजय भोगेको छ। प्रिमियर लिगकै सबैभन्दा महंगो सुरुवाती ११ लिएर मैदानमा उत्रेको म्यानचेस्टर सिटीले बल पोसेसनमा हैकम जमाएको थियो। यद्यपि आफ्नो नयाँ खेलाडी ज्याक ग्रीलिशसहित सम्पूर्ण स्टार खेलाडी सम्मिलित सिटीको बलियो टोलीले गोल भने गर्न सकेन।

Watch: Ex-Chelsea star Olivier Giroud scores brilliant volley for AC Milan

उता आफ्नो पहिलो आधिकारिक खेल प्रशिक्षण गरेका टोटनह्यामका नयाँ प्रशिक्षक नुनो सान्तोले उत्तरी लन्डन क्लबमा शुखद सुरुवात गरेका छन्। आफ्नो स्टार खेलाडी ह्यारी केन बिना मैदानमा उत्रेको स्पर्सले पहिलो हाफमा सिटीलाई गोलरहित बराबरीमा रोकेको थियो।

खेलको सुरुवातदेखि नै काउन्टर अट्याकमा हावी देखिएको स्पर्सले दोस्रो हाफमा उत्कृष्ट गोल गर्यो। स्टेभन बर्गवाइनको पासमा स्पर्सका तालिसमान ह्युङ मिन सनले डि-बक्स बाहिरबाट शानदार गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

Premier League 2021-22: Live Scores, News, Fixtures, Table, Results - myKhel

खेलमा सिटीले बराबरी गोल गर्न नसक्दा साविक विजेताले पहिलो खेलमै पराजय भोगेको छ। नुनोको प्रशिक्षणमा रहेको टोटनह्यामले भने सिजनको सुरुवाती खेलमा जित निकाल्दै राम्रो सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?