कोरिया चम्किँदा साबिक विजेता एथ्लेटिको मड्रिडको विजयी सुरुवात

काठमाडौं। स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजनअन्तर्गत साबिक विजेता एथ्लेटिको मड्रिडले आफ्नो पहिलो खेलमा सेल्टा भिगोलाई २-१ गोलले पराजित गरेको छ।

सेल्टा भिगोको घरेलु मैदान अबानका-बलाइदोसमा आइतबार ५ हजार दर्शकबीच खेलिएको खेलमा साबिक विजेता एथ्लेटिकोले पहिलो गोल गरेको थियो। खेलको २३औं मिनेटमा विंगर थोमस लेमारको पासमा स्ट्राइकर एन्जल कोरियाले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।

Celta Vigo-Atlético Madrid: 2-1 final score, Atlético win fiery opening match - Into the Calderon

पहिलो हाफमा १ गोलले पछाडि रहेको सेल्टा भिगोले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। खेलको ५९औं मिनेटमा घरेलु टोलीले प्राप्त गरेको पेनाल्टीमा स्ट्राइकर इयागो आसपासले गोल गर्दै सेल्टालाई बराबरी अवस्थामा पुर्याएका थिए।

तर खेलको ६४औं मिनेटमा एथ्लेटिकोले पुनः अग्रता लिन सफल भयो। यस पटक साउल निगेजको पासमा कोरियाले खेलमा आफ्नो तथा टोलीको दोस्रो गोल गर्न सफल भएका थिए। इन्जुरी समयमा निकै आक्रामक भएको खेलमा दुवै टोलीका खेलाडीले रातो कार्ड प्राप्त गरे।

Player Ratings: Ángel Correa leads Atlético Madrid to win over Celta - Into the Calderon

घरेलु टोलीका कप्तान हुगो मालो तथा एथ्लेटिकोका मारियो हरमोसोले रातो कार्ड प्राप्त गर्दा दुवै टोलीले १० खेलाडीमा खेल अन्त्य गरेका थिए। यद्यपि गत सिजनको विजेता टोली एथ्लेटिको मड्रिडले नयाँ सिजनमा सुखद सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?