चलचित्र ‘शत्रु गते’ तेस्रो हप्तामा पनि आक्रामक, कति कमायो?

काठमाडौं, २३ चैत – चलचित्र ‘शत्रु गते’ तेस्रो हप्तामा पनि राम्रो व्यापार गरिरहेको छ । चैत ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले अहिले पनि मल्टिप्लेक्स देखि सिंगल थिएटरका हल पाइरहेको छ । माउथ पब्लिसिटी राम्रो भएकाले फिल्मले राम्रो व्यापार गरेको बताइएको छ ।फ्यामिली ड्रामा चलचित्रलाई दर्शकले रुचाएको र फिल्मले अधिकांश हलमा निरन्तरता पाएको फिल्म युनिटले बताएको छ । फिल्मले राम्रो व्यापार पनि गरेको वितरक विक्रम पराजुलीले बताए । फिल्म हेर्ने दर्शकको संख्या बढिरहेको उनले बताए । अर्का वितरक गोपालकाजी कायस्थले पनि फिल्मले राम्रो व्यापार गरेको बताए ।फिल्मले तेस्रो सातामा प्रवेश गर्दा आठ करोडभन्दा बढीको ग्रस कलेक्सन गरिसकेको निर्माण टिमले दाबी गरेको छ । फिल्मले काठमाडौंका प्रायः सबै मल्टिप्लेक्स हलमा आफ्नो दबदबा कायम गरेको छ ।‘जात्रा’ निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म एसईईको परीक्षा सकिएपछि झनै हेरिएको बताइएको छ । कमेडी जानराको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, किरण केसी, पल शाह, आँचल शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , स्व.यसोदा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?