युरोपा लिग विजेता भिल्लारियल बराबरीमा रोकियो

काठमाडौं। स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजनअन्तर्गत वर्तमान युरोपा लिग विजेता भिल्लारियलले ग्रानाडासँग गोलरहित बराबरी खेल खेलेको छ।

भिल्लारियलको घरेलु मैदान सेरामिकामा खेलिएको खेलमा घरेलु टोलीले बल पोसेसनमा कब्जा जमाएको थियो। खेलमा ६० प्रतिशत बल आफ्नो कब्जामा राखेको भिल्लारियलले कुल १४ शट समेत प्रहार गरेको थियो। तर पुरै खेलमा दुवै टोलीबाट निर्णायक गोल भने हुन सकेन।

Villarreal held to Granada stalemate in 2021/22 opener - Football Espana

स्पेनिश राष्ट्रिय टोलीबाट युरो कप तथा ओलम्पिक टोलीबाट ओलम्पिक खेलेका कारण घरेलु टोलीले आफ्नो प्रमुख रक्षक पाउ टोरेसलाई आराम दिएको थियो। खेल सक्किन आठ मिनेटको समय बाँकि रहँदा भिल्लारियलका राईट ब्याक जुवान फोइथले दोहोरो पहेंलो कार्ड प्राप्त गर्दै मैदान छाडेका थिए।

त्यस पश्चात खेलमा १० मिनेटको समय बाँकि रहँदा पनि घरेलु टोलीले गोल भने गर्न सकेको थिएन। उता पाहुना टोलीले पनि १० खेलाडीमा सीमित भिल्लारियलको पोस्टमा गोल गर्न असफल रह्यो।

Villarreal and Granada parted ways in a disappointing 0-0 draw

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?