सलमान खानले सिकार खेलेको गाउँवासीले देखेका थिए। तर खान उनीहरूलाई “बन्दुक देखाएर भागेका थिए”। प्रत्यक्षदर्शीको भनाइमा आधारित हिन्दुस्तान पत्रिकामा छापिएको समाचारअनुसार सलमान भाग्न थालेपछि उनलाई केही व्यक्तिले मोटरसाइकल चढेर लखेटेका भए पनि उनी बन्दुक ताक्दै जीपमा भाग्न सफल भए।उनीहरूले त्यो जीपको नम्बर टिपेर उजुरी गरे।बिहीवार भारतको एक अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई २० वर्षअघि दुर्लभ वन्यजन्तुको सिकार गरेको आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय तोकिदिएको हो।’हम साथ साथ हैं’ नामक एक फिल्मको छायाङ्कनको बेला राजस्थानमा दुई वटा कृष्णसारको सिकार गरेको आरोप उनीमाथि थियो।जोधपुरस्थित अदालतबाहिर प्रशंसकहरू भेला भएका थिए भने सुरक्षाका निम्ति सयौँ प्रहरी तैनाथ गरिएका थिए।सोही मुद्दामा आरोपित अन्य चार फिल्म कलाकारहरूलाई भने अदालतले निर्दोष ठहर गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया