धनगढी, २४ चैत । शुक्रबारराति परेको वर्षाका कारण खेल मैदान हिलो भएपछि धनगढी प्रिमियर लिगको शनिबारको पहिलो खेल स्थगित भएको छ ।बिहान ९ बजेका लागि तय गरिएको खेलको समय केही बढाएर ११ बजे पुर्याइए पनि मौसममा सुधार नआएपछि स्थगित गरिएको हो ।आजको पहिलो खेल महेन्द्रनगर युनाइटेड र सिवासी अत्तरियाबीच हुने तय भएको थियो । यी दुवै टिमले समान एक–एक अंक बाँढेका छन् ।पहिलो खेल स्थगित भए पनि दोस्रो खेल भने अहिले दिउँसो १ बजे नै हुने आयोजकले जनाएको छ ।दोस्रो खेलमा साविक विजेता टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीच हुनेछ । प्लेअफमा पुग्नका लागि टिम चौराहालाई जित्नैपर्ने दबाब रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया