काठमाडौं । सेयर कारोबारमा अहिले नेप्से सूचकले अर्को नयाँ कीर्तिमान कायम गरेको छ । नेप्से सूचक अहिलेसम्मकै उच्च अर्थात् ३२ सय बिन्दु माथि उक्लिएको छ । सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकममा पनि थप तेजी आएको छ । मौद्रिक नीतिपछि केही अल्मलिएको बजारले फेरि गति लिएको हो ।
यो समाचार तयार पार्दासम्म (करिब २:१३ बजे) नेप्से सूचक ५८ अंकले बढेर ३२१८.८६ बिन्दुमा आइसकेको छ । करिब १६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया