नेप्से ऐतिहासिक बिन्दुमा पुग्दा कारोबार रकम कति ?

लोकपथ
0
Shares

काठमाडौं । सेयर कारोबारमा आज नेप्से परिसूचकले अर्को नयाँ कीर्तिमान कायम गरेको छ । नेप्से सूचक अहिलेसम्मकै उच्च अर्थात् ३२ सय बिन्दुमाथि उक्लिएको थियाे तर अन्त्यमा ३१९८.६० बिन्दुमा रोकिएको छ ।

यस्तै उतारचढावका बीच सूचकमा आकर्षक वृद्धि हुँदा खरिदबिक्री रकममा पनि थप तेजी आएको छ । मौद्रिक नीतिपछि केही अल्मलिएको बजारले फेरि गति लिएको हो ।

आज नेप्से परिसूचक ५८ अंकले बढेर ३२१८.८६ बिन्दुमा पुगेको थियो तर अन्त्यमा परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० बिन्दुमा रोकिएको छ । करिब २१ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ४.८३ ले घटेर ५९८.११ मा पुगेको छ ।

आज कुल २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार ७५१ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज प्राय जसो सबै उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी २ वटा उपसमूहको सेयर ओरालो लागेको छ । विकास बैंकको ३३०.४६ ले बढेको छ भने र व्यापार १५.५१ ले घटेको छ । आज पनि हिजोकै जस्तै विकास बैंकले नाफा गरेको छ ।

कारोबारका आधारमा आज नेश्नल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७८ करोडबराबरको कारोबार भएको छ ।

बजार बढ्दा पनि आज शिभम सिमेन्टलगायतका ४ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने एसबीएल डिभेञ्चर्सको ५.८६ प्रतिशतले गुमेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?