काठमाडौं। नेपाली प्रशिक्षक मनिष तिम्सिना भारतको आई-लिग विजेता गोकुलम केरेला एफसीको नयाँ गोलरक्षक प्रशिक्षकमा नियुक्त भएका छन्।
भारतको शीर्ष श्रेणीको फुटबल लिग (आई-लिग) च्याम्पियन गोकुलमले आगामी सिजनको लागि मनिषलाई गोलरक्षक प्रशिक्षकमा अनुबन्ध गरेको हो। एएफसी ए-लाइसेन्स कोर्स गरिरहेका मनिष र क्लबबीच गत सोमवार सम्झौता भएको छ।
पछिल्लो समय धरानको एन्फा एकेडेमीमा गोलरक्षक प्रशिक्षकको रूपमा कार्यरत मनिष भारतीय क्लबमा प्रशिक्षकको भूमिकामा आबद्ध हुने पहिलो नेपाली बनेका छन्। यसअघि मनिषले साफ अन्डर-१५ च्याम्पियनसिपमा नेपाली टोलीको गोलरक्षक प्रशिक्षक बनेर काम गरिसकेका छन्।
मनिषलाई बुधवार अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विदाई पनि गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया