नेप्से १८ अंकले ओरालो लाग्दा जीवन विकासको सर्किट कायमै

लोकपथ
56
Shares

काठमाडौं । कारोबारकाे अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक १८.२४ अंकले ओरालो लागेको छ । बुधबार नेप्सेले ३२ सयभन्दा माथि नघेर नयाँ रेकर्ड कायम गरेको थियो ।

तर बिहीबार भने १८.२४ अंकले घटेर नेप्से परिसूचक ३१८०.७९ बिन्दुमा पुगेर बजार यो हप्ताका लागि रोकिएको छ । सेयर कारोबार रकम भने २० अर्बबराबरको गरेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ८.३३ ले घटेर ५९०.१५ मा पुगेको छ ।

आज कुल २२९ कम्पनीको ३ करोड ९१ लाख २ हजार ६९७ कित्ता सेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ मूल्यमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको सेयर मात्रै उकालो लागेको छ भने बाँकी ८ वटा उपसमूहको सेयर ओरालो लागेका छन् । जीवन बीमा समुहहरुको ४६८.५७ ले बढेको छ भने र विकास बैंक समूहहरुको १६२.४५ ले घटेको छ ।

कारोबारका आधारमा आज अरुन काबेली पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १ अर्बबराबरको कारोबार भएको छ ।

जीवन विकास लघुवित्त वित्तिय संस्थाको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने खानीखोला हाइड्रोपावरलगायत ३ वटा कम्पनीले १० प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?