प्यारालम्पिकमा प्रतिस्पर्धा गर्न पलेशा आज जापान प्रस्थान गर्दै

काठमाडौं। जापानमा आयोजना हुने टोकियो प्यारालम्पिक २०२० मा सहभागिता जनाउन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन आज (शुक्रवार) जापान प्रस्थान गर्दै छिन्।

आगामी अगस्ट २४ देखि जापानको राजधानी टोकियोमा आयोजना हुने प्यारालम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने पलेशा एक मात्र खेलाडी हुन्। उनले ४४ क्याटेगोरीअन्तर्गत महिला ५८ केजी तौल समूह तेक्वान्दोमा प्रतिस्पर्धा गर्नेछिन्।

Kelme Nepal provided sports attire to the Paralympic team

पलेशासहित उनका प्रशिक्षक कविराज नेगी लामा पनि आज जापान प्रस्थान गर्दै छन्। त्यस्तै सेभ द मिसनका सरोज श्रेष्ठ, फिजियो डा. दिपक श्रेष्ठ तथा कोभिड लाइसेन्स अफिसर विश्वास बस्नेत पनि जापान प्रस्थान गर्नेछन्।

पलेशासहित पाँच सदस्सीय टोली आज साँझ जापान प्रस्थान गर्ने तालिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?