काठमाडौं । कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले विकास निर्माणका कामलाई समयमा नै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
शुक्रबार कर्णाली प्रदेश अन्तर्गत जुम्लामा रहेका कार्यालय प्रमुखसँग प्रदेशको विकास निर्माणको विषयमा जानकारी लिँदै मन्त्री श्रेष्ठले सो बारेमा जानकारी लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय जुम्ला को आयोजनामा गरिएको कार्यक्रममा सम्बन्धित मन्त्रालयसँग सहकार्य गरि समाधान गर्ने र विकासका कामहरुलाई समयमै सम्पन्न गर्न निर्देशन दिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
‘सम्बन्धित मन्त्रालयसँग सहकार्य गरि समाधान गर्ने, र विकासका कामहरुलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।’ सचिवालयले भनेको छ ।
त्यस्तै उक्त कार्यक्रममा कार्यलय प्रमुखहरुले काम कारबाहीमा भइरहेका समस्याहरुको बारेमा मन्त्री श्रेष्ठ समक्ष समस्या समेत सुनाएका थिए ।
कार्यालयमा टेक्निकल मेनपावरको अभाव सानो आकारको बजेटका बारण कार्यालयले लिनखोजेको उपलब्धि नभएको साथै
विपद् जोखिम न्यूनिकरण गर्न उचित औजारको कमी रहेको लगायतका समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।
सोही क्रममा मन्त्री श्रेष्ठले आफूले छिट्टै समस्याहरु समाधानमा लाग्ने प्रविद्धता समेत व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया