काठमाडौं। स्पेनिश ला-लिगा अन्तर्गत गए रातिको खेलमा रियल बेटिसले काडिजसँग १-१ गोलको बराबरी खेलेको छ।
बेटिसको घरेलु मैदान बेनिटो भिल्लामरिनमा खेलिएको खेलमा पाहुना टोलीले अग्रता लिएको थियो। पहिलो हाफको ११औं मिनेटमा काडिजका स्ट्राइकर अल्भारो नेग्रेडोले पेनाल्टी मार्फत गोल गरेका थिए।
यद्यपि खेलको २२औं मिनेटमा घरेलु टोलीले बराबरी गोल गर्न सफल भयो। एडगर गोन्जालेजको पासमा जुवानमीले गोल गर्दै बेटिसलाई बराबरीमा पुर्याएका थिए।
पहिलो हाफमा १-१ गोलमा अन्त्य भएको खेलको दोस्रो हाफमा दुवै टोलीबाट निर्णायक गोल हुन सकेन। खेलमा ७५ प्रतिशत बल पोसेसन राख्न सफल भएपनि बेटिसले एक अंकमै चित्त बुझाउनु परेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया