-कर्मसहि घर्ति मगर अनिकालले बाँस गरेको घर । अभाव फल्छ । अभाव बल्छ । त्यहाँ अभाव मात्र पाक्छ । त्यस घरका ओत मुनि बस्ने जीवात्माहरु अभावसँग बाँच्छन् । अभावसँग खेल्छन् । अभावसँग समय बिताउँछन् । यहि अभावको भुङ्ग्रोमा आत्मिक जीवन खोतल्छन् । उनको भूगोलमाथि सुर्योदय र सुर्यास्त कयाैँ पटक दोहोरिए । ऋतु फेरिन्छन् । बर्ष फेरिन्छन् । यहि ओत मुनि उनीहरुका धेरै आयु खिइयो । तर सदा विपत्तिले सुराकी गरि नै रह्यो । कहिले चैनको आगमन भएन । मानाैँ , बेचैनको पराकाष्ठा भन्नु नै जीवन हो । यहि असहज परिस्थितिसँग मुकाबिला गर्दागर्दै कोहिको इहलीला समाप्त भयो , यहि ओत मुनि । केही अझै बाँच्नुको नाममा सँघर्षरत छन् , यहि ओत मुनि ।
उनको काले खागर जस्तो मुहारबिन्दु एकाएक बत्ती झैँ उज्यालियो । सोचेँ, उनको यो खुशी बेचैनको क्रमभंग हो । जीवनको इतिहासमा यो एकमना खुशी प्रेमिथसले उज्यालो ल्याएको दिन जस्तै सुखात्मक थियो । लाग्यो, कसैको दुई दिने जीवनमा केही क्षणको लागि भए पनि इन्द्रेणी छाएको छ भने दल र आकाशबेलीकोमा छाएको छ ।
मार्च २८ , 2018 अर्थात १४ चैत्र २०७४ । अष्ट्रिया निवासी ग्याब्रियल स्च्वार्जमन , नेदरल्यान्ड निवासी इल्स भान स्ट्रीप र पोखरा निवासी राजु परिवारसँग मध्ये दिनमा मैकोटको अर्जलामा भेट भयो । जसमा थेसिसको लागि विगत केही बर्षदेखि मैकोट आउँदै गरेका स्लोभानियाली मात्जाज पिन्टर र ईभा पिभाक पनि सामेल थिए । त्यसमा सहजकर्ताको भूमिका निर्बाह गर्दै थिए ; मैकोट निवासी मिर्जा पुन । म यार्सा सिजन सम्बन्धि भेलातिर जान लागेको थिएँ । सायद भर्खर कामको फुर्सद निकालेर घरबाट बाहिरिएको थिएँ । मलाई देख्ने बित्तिकै राजुले भने – सर आकाशबेलीको घर जाउँ । एक मनले जाउँ कि नजाउँ भयो । सिजनको कुरा बुझ्न जाँदै थिएँ । यता फेरि टाढाबाट आएका पाहुना छन् । जसले सानो भए पनि एउटा उदाहरणीय सहयोग गर्दैछन् । म सीजनतिर लम्केका पाईलालाई मोडेँ र आकाशबेलीको घर जान सहमत भएँ । एक पिस चामल ग्याब्रियलको काँधमा बोकिएको छ। राजु र स्ट्रीपले सिमी , तेल र नुन बोकेका थिए । हामी अर्जलाबाट कान्छाबारा गयाैँ । जाँदै गर्दा आकाशबेली आफन्तको घरमा भेट्टिए । उनले टाढैबाट टीमलाई नमस्ते टक्र्याए र हाम्रो अघि अघि आफ्नै गुँडतिर लागे । हामी उनको पछि पछि लाग्यौं , त्यहि अनिकालले बाँस गरेको ओत मुनि । आकाशबेलीको घरमा एक पिस सोना मन्सुली चामल , तीनपाथी सिमी , एक आयोनुन र सोयाबिन तेल बिसाईए । घरमुलीको खोज भयो । भित्रबाट अनिकालको आहालबाट दल पुन अर्थात आकाशबेलीको ठूलो मामा बाहिर निस्किए । अभिभावक उनै थिए । उनको काले खागर जस्तो मुहारबिन्दु एकाएक बत्ती झैँ उज्यालियो । सोचेँ , उनको यो खुशी बेचैनको क्रमभंग हो । जीवनको इतिहासमा यो एकमना खुशी प्रेमिथसले उज्यालो ल्याएको दिन जस्तै सुखात्मक थियो । लाग्यो , कसैको दुई दिने जीवनमा केही क्षणको लागि भए पनि इन्द्रेणी छाएको छ भने दल र आकाशबेलीकोमा छाएको छ । लाग्थ्यो , एक अलाैकिक सुख स्वर्गबाट टुक्रिएर यो अनिकालले डसेको ओत मुनि पोखिएको छ । जसले यी दुई जीवात्माको जीवनमा कायापलट भएको छ ।
यहि असहज परिस्थितिसँग मुकाबिला गर्दागर्दै कोहिको इहलीला समाप्त भयो, यहि ओत मुनि । केही अझै बाँच्नुको नाममा सँघर्षरत छन्, यहि ओत मुनि ।
शान्त वातावरणलाई मृदुल मुस्कानका साथ राजु भाइले भने – यो चामल , सिमी , तेल र नुन तपाईँहरुको लागि है ! यो तपाईहरुका लागि ग्याब्रियल , स्ट्रीप र मैले सीयर गरेर किनेर ल्याइदिएका छाैँ । यसलाई तपाईहरु आफ्नै अनुकुलता प्रयोग गर्न सक्नु हुन्छ । दल :- हुन्छ , हुन्छ । ओहो ! हाम्रो लागि यतिधेरै उपकार गर्नु भो । खासमा घरमा चामल किन्ने पैसा थिएन । दाल तरकारी पनि छैन । सबै अभाव छ । नुन र खुर्सानी पिसेर छोप बनाई कति खानु दिँडोसँग । ' उनले आफ्नो दु:खको कुरा गरे पनि उनको कलेँटी परेको ओठमा गुलाबी मुस्कान इटरियो र भुईँभरिका सामानमाथि लयात्मक रूपमा पोखियो । निकै रागात्मक पाईनो भर्दै भने – ' हाम्रो लागि यति भए पुग्छ । ' उता आकाशबेलीको पनि खुशीको सीमा छैन । खासमा यसपाली ग्याब्रियल उनकै लागि भनेर आएका हुन् । उनलाई पनि स्कुल ड्रेस , सल , झोला र कापी कलम ग्याब्रियलले अघिल्लो दिन प्रअ हस्तिमान पुनको रोहबरमा हस्तान्तरण गरेछन् । यो भन्दा अघिल्लो महिना यो टीम कर्मा फ्लाईट्स फाउण्डेसनको ' एक विद्यालय , एक पुस्तकालय ' अन्तर्गत करीब डेढ लाख बराबरको पुस्तक उ.मा.बि. मैकोटलाई सहयोग हस्तान्तरण गर्ने बेला आएको थियो । त्यति बेला प्रअ हस्तिमान पुनले टीमलाई आकाशबेली लगायत अरु निम्न आय भएकालाई पनि चिनाएका थिए । त्यतिबेला ग्याब्रियल कर्मा फलाईट्सको भिजिटिङ्ग गेष्टको लागि मात्र आएका थिए । त्यहि बेला उनले अत्यन्त गरीब विद्यार्थीको खोजिमा लागेका थिए । जसमा प्रअ हस्तिमान पुन र मैले साथ दिएका थियाैँ । त्यति बेलै ग्याब्रियल आकाशबेलीको घरमा पाईला टेक्दा स्थिति निकै दयनिय भेटे । अरुको घरमा झलमल बत्ती बलेका थिए भने यो अनिकालले बाँस गरेको घरमा अँध्यारो भित्र दियालो बल्दै थियो ।
तानाटेत स्मरणशक्ति पनि नभएकि गोज्याङ्ग्री । पेटको बच्चा फलानोको भन्ने ज्ञात पनि थिएन उनलाई । छोरीको बा फलानै हो भनेर यकिन नभए पछि र माईती पक्ष पनि लाटा भएकाले यी बच्चाको बाबा खुटिएन । तर उनी हुर्किँदै गइन् । बाबा नखुटिए पछि आमाको मात्रै छोरी ठहरिईन् ।
दियालोको पिलपिलमा दुई जनाले चुलामा भान्सा पकाउँदै गरेका दु:खदायी क्षणलाई ग्याब्रियल र उनको साथीलाई सह्य भएन । तुरुन्त बत्तीको कर्मचारी बोलाएर पसलबाट बक्स , चीम , होल्डर र तार आवश्यकिय चीज सबै खरिद गरि तुरुन्तै फिट गर्दिए । एकैछिन अघि दियालोको पिलपिलमा जीवनको मधुरो प्रछायाँ एकाएक देदिप्यमान भयो । ठिक महिना पछि आज त्यहि ओत मुनि थोरै दिनलाई मात्र पुग्ने भए पनि , उनीहरुको क्षमताले नभ्याउने रासन पानी थियो यो । तै तै खुशीको कुनै सिमाना थिएन । यहि क्षणलाई मध्ये नजर गर्दै मिर्जा पुन मतिर फर्किएर भने -' यो सहयोगको लागि तपाईलाई धन्यबाद दिनु पर्छ । तपाईंको चिनजान र साथसँगत नभएको भए आज आकाशबेलीको यो ओतमुनि यति विध्न खुशी छाउने थिएन । ' मलाई भने यो सहयोगमा मेरो हात छ भन्नु मात्र हो । मेरो चिनजान र भनसुनमा पुथा उमावि मैकोटमा पुस्तकालय सहयोग मेरा मित्र प्रेम बहादुर कुँवर र उनको संस्थाको अहम् भुमिका छ । त्यहि सिलसिलामा घुमन्ते पाहुना भएर आएका ग्याब्रियलले फेरि आज अत्यन्त निमुखा आकाशबेलीको अभावले ग्रस्त ओत मुनि थोरै भए पनि खुशियालीको वहार आएको छ । उनी पुथा हिमालय माबि मैकोटका छात्रा हुन् । अहिले उनले कक्षा ४ को परीक्षा दिइन् । पढाईमा पनि आशातित तेज । तर घरको आर्थिक अबस्था शुन्य ! उनलाई अहिले उनकै ठूलो मामाको साथ छ । हुन त उनलाई यो भन्दा पहिला उनलाई स्कुलले किताब , परीक्षा फिस र जाडोमा ओढ्नलाई ज्याकेट व्यवस्था गरिदिएको प्रअ हस्तिमान पुनले बताए । 31 मार्च अर्थात चैत्र १७ गतेका दिन कर्मा फलाईट्स फाउन्डेसनका प्रमुख प्रम बहादुर कुँवरले आकाशबेलीको लागि केही सहयोगको प्रोसेस चालिएको जानकारी आयो । यो कुराले आकाशबेलीको जीवन परिवर्तनको लागि अहम् तरंग ल्याउने कुरामा आशातित रहनु अन्यथा नहोला । जन्मकाल: उनको आमा बिल्कुलै लाटी । बोलाइने नाम तानाटेत । ईशाराद्वारा बोल्थिन् । उनका तीन जना दाइ मध्ये जेठा र माईला लाटा लाटा । अलि बाठो भएको कान्छो पोखरा जोमसोमतिरै मजदुरी गर्थे । उतै हराएका छन् । एकदिन मिति पुगे पछि तानाटेतलाई व्यथाले च्याप्यो । अनिकालले बाँस गरेको ओत मुनि उनले छोरीलाई जन्म दिइन् । सुत्केरीको खाना बन्दोबस्त केही थिएन । जे छ त्यसैमा सन्तुष्टि हुनु उनको बाध्यता भयो । लाटी थिइन् फलस्वरूप उनलाई पोषिलो खानाको आश पनि थिएन । बस् , खाना टन्न खान पाए भयो । तानाटेत स्मरणशक्ति पनि नभएकि गोज्याङ्ग्री । पेटको बच्चा फलानोको भन्ने ज्ञात पनि थिएन उनलाई । छोरीको बा फलानै हो भनेर यकिन नभए पछि र माईती पक्ष पनि लाटा भएकाले यी बच्चाको बाबा खुटिएन । तर उनी हुर्किँदै गइन् । बाबा नखुटिए पछि आमाको मात्रै छोरी ठहरिईन् । आमाकै छोरी भएर भर्खर हुर्किँदै गर्दा कुनै दिन उनकी आमालाई ज्वरो व्यथाले च्याप्यो । अभावका कारण उपचार पाइनन् । त्यहि रोगव्याधीले उनको प्राणपखेरू उड्यो । आकाशबेली टुहुरी भइन् । परार साल उनको माइलो मामाको देहावसान भए पछि उनी ठूलो मामाको क्षत्रछायाँमा जीवनको कठिन यात्रा शुरु भएको छ । यहि कठिन मोडमा ग्याब्रियल जस्ता मनकारीको दीर्घकालीन खाँचो छ । २४ चैत्र , २०७४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया