काठमाडौं, २५ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई ३–२ ले पराजित गरेको छ ।सिटीको घरेलु मैदानमा भएको म्यानचेस्टर डर्बीको पहिलो हाफमा २–० को अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा ३ गोल खान पुग्यो ।सिटीका भिन्सेन्ट कोम्पनी र ईके गुन्डोगानले एक–एक गोल गर्दै पहिलो हाफमा अग्रता बनाएका थिए । यो खेलमा जित निकालेको भए म्यान्चेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बन्ने थियो ।तर, दोस्रो हाफमा म्यान्चेस्टर युनाईटेडका पउल पोग्बाले दुई तथा क्रिस स्मलिङले एक गोल गर्दै सिटीको उपाधीयात्रा एक साता पर धकेल्दै आफ्नो टिमका लागि महत्वपूर्ण तीन अंक जोडे ।शनिबार नै भएको अर्को खेलमा लिगको तेस्रो स्थानमा रहेको लिभरपुलले एभर्टनसँग गोलरहित बराबरी खेल्यो । स्टार खेलाडी मोहम्मद सालाहा बिना नै मैदान उत्रिएको लिभरपुलले केही आक्रमण गरेपछि गोल गर्न सकेन ।प्रिमियर लिग फुटबलकै अन्य खेलमा टोटनह्याम हट्सपरले स्टोक सिटीलाई,न्युकासल युनाईटेडले लेष्टर सिटीलाई र बर्नलीले वाटफोर्डलाई समान २–१ ले हराए ।गएराति बर्नमाउथ र क्रिष्टल प्यालेसले २–२ गोल, ब्रिगटन र हडर्सफिल्ड तथा वेष्ट ब्रोम र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया