आईपीएल क्रिकेट : चेन्नईको जितमा ड्वेन ब्राभो नायक

मुम्बई, २५ चैत । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकालेको छ ।प्रतिबन्धका कारण अघिल्ला दुई वर्ष आइपीएल खेल्न नपाएको चेन्नईले ११ औं संस्करणको पहिलो खेलमा नै जित निकालेको हो ।चेन्नईको जितमा वेस्टइन्डिजका अलराउन्डर ड्वेन ब्राभो नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ६८ रन बनाएपछि चेन्नई जितको नजिक पुगेको थियो ।मुम्बईले पहिलो ब्याटिङ गर्दै चेन्नईलाई १ सय ६६ रनको लक्ष्य दिएको थियो । निकै खराब सुरुवात गरेको चेन्नईले ५० रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएको थियो ।खेलको १७ औं ओभरसम्म चेन्नईले १ सय १९ रन जोड्दा ८ विकेट गुमाएको थियो । चेन्नईको ब्याटिङमा टिकिरहेका ब्राभोले त्यसपछि विस्फोटक ब्याटिङ गर्दै टिमलाई जितको नजिक पु¥याए ।उनले १८ र १९ औं ओभरमा आक्रामक ब्याटिङ गरेपछि अन्तिम ७ बलमा ७ रन आवश्यक रहेको अवस्थामा आउट भए ।अन्तिम ओभरमा ७ रन आवश्यक रहेको अवस्थामा ‘रिटायर्ड हर्ट’ भएर मैदान बाहिरिएका केदार जाधव मैदान फर्किए । अन्तिम ओभरका ३ बलमा कुनै रन जोड्न नसकेका उनले चौथो बलमा छक्का र पाँचौं बलमा चौका प्रहार गरेपछि चेन्नई विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?