काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
शुक्रबारको तुलनामा आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँ कायम भई कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भइ कारोबार भएको थियो ।
आज तेजावी सुनको मूल्य भने ९० हजार ४०० सय रुपैयाँ रहेको छ ।
यता आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ११ सय ८० रुपैयाँ कायम भएको छ ।शुक्रबार भने प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया