दमास्कस, २५ चैत । सिरियाको पूर्वी गुटाको डौमा क्षेत्रमा भएको शंकास्पद रासायनिक हमलामा ७० जनाको मृत्यु भएको उद्दारकर्मी र सञ्चारमाध्यमले जनाएका छन् ।स्वयमसेवक उद्दार समूह ‘ह्वाइट हेल्मेट’ ले ट्विट गरेका तस्बिरमा केही शबहरु देखिएका छन् । सो समूहले मृतकको संख्या बढ्न सक्ने जनाएको छ ।यद्यपि रासायनिक हमलाको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी रहेको छ । सिरियाली सरकारले रासायनिक हमलाको आरोप मनगढन्ते भएको बताएको छ ।अमेरिकी विदेशमन्त्रालयले सिरियामा विद्रोही नियन्त्रित क्षेत्रमा भएको भनिएको रासायनिक हमलाबारे अनुसन्धान जारी रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया