काठमाडौं। इंग्लिश प्रिमियर लिगअन्तर्गत आईतवार राति चेल्सीले आर्सनललाई २-० गोलले पराजित गरेको छ।
आर्सनलको घरेलू मैदान एमिरेट्स मैदानमा खेलिएको यस सिजनको पहिलो लन्डन डर्बीमा चेल्सीले सफलता पाएको छ। पहिलो हाफको १५औं मिनेटमा चेल्सीका नयाँ खेलाडी रोमेलु लुकाकुले क्लबको लागि पहिलो गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा निकै बलियो देखिएको चेल्सीले खेलको ३५औं मिनेटमा अर्को गोल थप्यो। मेसन माउन्टको पासमा राईट ब्याक रिस जेम्सले गोल गर्दा चेल्सीको अग्रता दोब्बर भएको थियो।
दोस्रो हाफमा चेल्सीले अधिकांश समय बल पोसेसनमा हैकम जमाए पनि अरु गोल भने थप्न सकेन। उता पहिलो खेलमा बढुवा भएर आएको ब्रेन्टफर्डसँग पराजय भोगेको आर्सनलले लगातार दुई खेलमा हारको नतिजा निकालेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया