राष्ट्रिय वाणिज्य बैंकले किन दियो विवादित र कमसल धितो राखी साढे २ अर्ब ऋण ?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले कमसल र विवादित धितो राखी ऋण प्रवाह गरेको पाइएको छ ।

बैंकले कमसल धितो राखी विभिन्न १७ वटा संस्थाहरुलाई २ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ ऋण प्रवाह गरेको देखिएको महालेखाले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको हो । सो ऋणको सावाँ तथा ब्याजसहितको ३३ अर्ब ५ करोड १९ लाख रुपैयाँ असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई ४ अर्ब ४५ करोड ६७ लाख तथा सर्वसाधारणलाई १ खर्ब ५० अर्ब ७९ करोड ७८ लाख ऋण प्रवाह गरेको छ ।

बैंकले कर्जाको तुलनामा धितोको मूल्य कम भएको, सहकारीसँग सम्बन्धित विवाद रहेको र विवाद अदालतमा विचाराधीन रहेको, ऋण असुली न्यायाधीकरणबाट भएको निर्णय कार्यान्वयन नभएको लगायत विवादित र कमसल धितो राखी ऋण प्रवाह गरेको महालेखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?