नेपाललाई अर्को ऐतिहासिक पदक

काठमाडौं। दक्षिण एशियाली खेलकुदको १३औं संकरणमा बक्सिङ्ग खेलले आफ्नो ईतिहास कायम गर्न सफल नेपाली बक्सिङ्गलाई जुनियर तथा युथ बक्सिङ्गतर्फ पनि एशियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

यहि अगस्ट २० देखि ३१ सम्म दुबईमा सञ्चालन भई रहेको ‘एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गर्ल्स’ बक्सिङ्ग प्रतियोगितामा जुनियर ५४ किलो तौल समुह अन्तर्गत सम्पन्न क्वार्टरफाईनल खेलमा आफ्ना कुवेतका प्रतिद्वन्दि मोहमदलाई पराजित गर्दै नेपालका स्कुले मुक्केवाज छिरिङ्ग वाङदी शेर्पाले तीनवटै राउण्डमा आफ्नो वर्चश्व कायम गर्दै ५–० को आधारमा जित हासिल गरेका छन् ।

Tashkent To Host 2023 Men's Boxing World Championships | Boxing News

अब छिरिङ्गले अर्को भिडन्त कजगिस्तानका प्रतिद्वन्द्वी अडाल्बेक नियाज्बासंग सेमिफाईनलमा हुनेछ । यसै गरी नेपालका दुई जना महिला मुक्केबाजहरु स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समुह अन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरुमध्ये हालसम्म ३ कास्य पक्का भइसकेको छ ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज ईन्द्र बहादुर सुनारले पनि निकै बहादुरीका साथ आफ्ना ईरानी प्रतिद्वन्दिलाई पहिलो राउण्डमा उत्कृष्ठ खेल प्रदर्शन गर्दै विजयी शुरुवात गरे पनि दोस्रो र तेस्रो राउण्डमा ईरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा गर्दै ईन्द्रलाई रोकेका थिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडी रहेका मुक्केबाजसंग आरएससीको आधारमा पराजित भएका थिए ।

Boxing | George Groves v Callum Smith | Preview and Odds

अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समुहमा आज ईरानी प्रतिद्वन्द्वी अलियस्घसंग प्रतिष्पर्धा गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?