टोकियो प्यारालिम्पिक २०२० आजबाट, मार्च पासमा नेपालको झण्डा पलेशाले बोक्ने

काठमाडौं। खेलकुदको महाकुम्भ ओलम्पिक अन्त्य भएको करिब दुई सातापछि आज, अगस्ट २४ बाट प्यारालिम्पिक खेल सुरु हुँदै छ।

मंगलबारबाट सुरु हुने प्यारालिम्पिकको १६औं संस्करण, ‘टोकियो प्यारालिम्पिक २०२०’ सेप्टेम्बर ५ सम्म आयोजना हुने तालिका रहेको छ। यस पटकको प्यारालिम्पिकमा २२ खेलको ५ सय ३७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

Tokyo 2020 confirms 54-event, 22-game schedule for Paralympics - InsideSport

टोकियो प्यारालिम्पिक २०२० मा कुल १ हजार ६ सय ११ पदकका लागि, १ सय ६३ देशबाट ४ हजार ५ सय ३५ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। कोभिड महामारीकोबीच जापानले यसअघि सफलतापूर्वक आयोजना गरेको ओलम्पिक खेलकै ढाँचामा प्यारलिम्पिक पनि आयोजना गरिनेछ।

बिनाकुनै दर्शक १२ दिनसम्म आयोजना हुने यस प्रतियोगिताको आज औपचारिक उद्घाटन समारोह आयोजना हुँदै छ। उद्घाटन समारोहअन्तर्गत मार्च पासमा नेपालको झण्डा बोक्ने जिम्मेवारी पलेशा गोवर्धनले पाएकी छिन्।

Kelme Nepal provided sports attire to the Paralympic team

टोकियो प्यारालिम्पिक २०२० मा नेपालको प्रतिनिधित्व गर्ने पलेशा एकमात्र खेलाडी हुन्। उनले के-४४ अर्थात् महिला तेक्वान्दो विधामा ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै छिन्।

पलेशासँगै मार्च पासमा सेभ दि मिसनका सरोज श्रेष्ठ, प्रशिक्षक कविराज नेगी लामा तथा फिजियो डाक्टर दिपक श्रेष्ठ पनि रहनेछन्। टोकियो प्यारालिम्पिक २०२० को लागि नेपाली टोली श्रावण ४ मा जापान प्रस्थान गरेको थियो।

पलेशा सहभागी के-४४ विधाका खेल भने सेप्टेम्बर ३ बाट सुरु हुनेछ। पलेशाले यस विधामा एसियन च्याम्पियनसिपमा पदक समेत जितिसकेकी छिन्। उनी वाइल्ड कार्डमार्फत टोकियो प्यारालिम्पिक २०२० मा छनोट भएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?