काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीले आगामी एसियन कप छनोटका लागि २३ सदस्सीय टोलीको घोषणा गरेको छ।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलवार आगामी सेप्टेम्बरमा हुने २०२२ एएफसी एसियन कपको छनोट चरणका खेलका लागि आफ्नो अन्तिम टोली घोषणा गरेका हुन्।
फिलिप्सले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट अमिषा कार्की, अञ्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापालाई अन्तिम टोलीमा स्थान दिएनन्। नेपालले आगामी सेप्टेम्बर १८ र २१ मा क्रमशः फिलिपिन्स र हङकङको सामना गर्नेछ। नेपाली टोली सेप्टेम्बरको पहिलो साता उज्वेकिस्तान जाने सम्भावना रहेको छ।
एसियन कप छनोटका लागि अन्तिम टोली
अन्जना राना मगर (गोलरक्षक), एन्जिला सुब्बा (गोलरक्षक), उषा नाथ (गोलरक्षक), अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी, दीपा राई, गीता राना, हिरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा ठोकर, प्रिती राई, पूजा राना, पुनम जर्घा मगर, रजनी ठोकर, रश्मी घिसिङ, रेणुका नगरकोटी, सविता राना, सरु लिम्बू र सृजना सिंह
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया