काठमाडौं। आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको खेलाडी संख्या २५ मा झरेको छ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलवार बन्द प्रशिक्षणबाट स्ट्राइकर अभिषेक रिजाल, गोलरक्षक अर्पण कार्की तथा मिडफिल्डर शिशिर लेखीलाई बहिर्गमन गरेका छन्। नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण अहिले पोखरामा जारी छ।
आगामी अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले त्यसअघि भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। नेपालले भारतसँग आगामी सेप्टेम्बर २ र ५ तारीखमा काठमाडौंस्थित दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी
गोलरक्षक: किरण कुमार लिम्बू, विशाल श्रेष्ठ, दिप कार्की, विकेश कुथु
डिफेन्डर: सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डर: सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटि, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, मनिष डाँगी, आयुष घलान
फरवार्ड: सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया