काठमाडौं, २६ चैत । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेल्दै अंक बाँढेका छन् ।मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काए ।त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो । दोस्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १–० ले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ भने भ्यालेन्सिया तेस्रो स्थानमा पुगेको छ ।समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ । लिग लिडर बार्सिलोनाको भने ३१ खेलबाट ७९ अंक बटुलेको छ ।प्रतियोगिताअन्तर्गत आइतबारराति नै भएको अर्को खेलमा लेभान्टेले लस पाल्मसलाई २–१ र रियल सोसिडाडले गिरोनालाई ५–० ले पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया