काठमाडौं, २६ चैत । पेरिस–रुबे खण्डको अत्यन्तै कठिन मार्गमा साइकल रेसमा सहभागी २३ वर्षीय बेल्जियन साइकल खेलाडी माइकल गुलेट्सको मृत्यु भएको छ ।उत्तरी फ्रान्समा ’कोबल्स’ भनिने अप्ठ्यारो खण्डमा साइकल चलाउने क्रममा लडेपछि उनको ‘कार्डियाक अरेष्ट्’ अर्थात् मुटुको चाल बन्द भएपछि मृत्यु भएको हो ।दुर्घटनापछि उनलाई हवाई उद्धार गरिएपनि अस्पतालमा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।उनको टोलीले जारी गरेको एउटा विज्ञप्तिमा भनिएको छ, ‘हामीले अकल्पनीय दुस्खका साथ हाम्रा साथी माइकल गुलेट्स अब हामीबीच नरहेको जानकारी गराइरहेका छौँ ।’२५७ किलोमिटर लामो पेरिस–रुबे रेसको १०९ किलोमिटर पारे गरेपछि गुलेट्स साइकलबाट लडेर अचेत अवस्थामा रहेको पाइएका थिए ।सन् २०१५ मा पहिलो पटक पेरिस–रुबेको रेस पूरा गरेका उनी पहिलो पटक सिनियर खेलाडीको रूपमा त्यो प्रतियोगितामा सहभागी भएका थिए ।२९ वटा ‘कोबल्स’ निकै अप्ठ्यारा खण्ड रहेको पेरिस–रुबे रेस विश्वको सबैभन्दा कठिन साइकल रेसमा पर्दछ ।त्यसैले यो रेसलाई ‘हेल अफ द नर्थ (उत्तरको नर्क)’ पनि भन्ने गरिन्छ । यो विश्वका पाँच कठिन एक दिवसीय साइकल रेसहरूमध्येको एक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया